इरानको विद्यालयमा भीषण मिसाइल आक्रमणः १२० बालबालिकासहित १५६ जनाको मृत्यु, विश्व स्तब्ध

0 Shares

इरानको दक्षिणी शहर मिनाब स्थित एक प्राथमिक विद्यालयमा भएको मिसाइल आक्रमणमा परेर १२० बालबालिका सहित १५६ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
युद्ध सुरु भएको प्रारम्भिक घण्टामै भएको यो आक्रमणलाई इरानले आम नागरिक माथिको सबैभन्दा भीषण एवं क्रुर घटना मध्ये एक भनेको हो ।
विद्यालयकी ३३ वर्षीया शिक्षिका अमाइने नदेमीले एक सामान्य विद्यालयको दिन केही क्षणमै विनाशमा परिणत भएको बताएकी छन् । उनका अनुसार विद्यालय बन्द गर्ने निर्णयपछि अभिभावकलाई बोलाइँदै गर्दा मिसाइल खसेको थियो । धुवाँ, विस्फोट र भवन ढलेपछि विद्यालय एकैछिनमा भग्नावशेषमा परिणत भएको उनले स्मरण गरिन् ।
राहत तथा उद्धार कार्यमा खटिएका स्वयंसेवकहरूले मलबा मुनि दबिएका बालबालिकाको अवस्था अत्यन्त हृदयविदारक रहेको बताए । धेरै शव टुक्राटुक्रा अवस्थामा फेला परेका कारण कतिपय अभिभावकले आफ्ना सन्तानको पहिचान जुत्ता र कपडाका आधारमा गर्नुपरेको थियो ।
घटनापछि अमेरिका र इरानबीच आरोप–प्रत्यारोप चर्किएयो । इरानले अमेरिकी आक्रमणका कारण विद्यालय ध्वस्त भएको आरोप लगाए भने अमेरिकाले अनुसन्धान जारी रहेको जनाउँदै नागरिक संरचनालाई जानाजानी निशाना नबनाइने दाबी गरेको छ । प्रारम्भिक अमेरिकी विवरणमा पुरानो गुप्तचर सूचनाका कारण विद्यालयलाई गल्तीवश सैन्य संरचना हानिएको हुन सक्ने उल्लेख गरिएको छ ।
हमलामा ज्यान गुमाएकी नौ वर्षीया छोरीको शव क्रीम रङको मोजाबाट पहिचान गरिएको भन्दै उनकी आमा मसोमा मेहरन शेखाबादीले घटनाको पीडा सुनाएकी छन् । उनले विद्यालयमा किताब, कापी र पेन्सिल बोकेर गएका निर्दोष बालबालिकाको मृत्युले कहिल्यै नमेटिने घाउ दिएको बताइन् ।
यस घटनाले युद्धका बीच विद्यालय र बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने अन्तर्राष्ट्रिय समुदायमा पनि नागरिक संरचनाको संरक्षणबारे बहस थप चर्किएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।