भारतबाट प्राविधिक टोली झिकाएर नेपाली रेलको परीक्षण गरिदै

385 Shares

जनकपुरधाम, २४ पुस । लामो समय देखि थन्काएर पार्किंग गरिएको अवस्थामा राखिएको रेलको शनिवार परिक्षण गरिएको छ ।
विगत १६ महिना अघि नेपाल भित्रयाइएको रेल धनुषा जिल्लाको इनर्वा रेल्वे स्टेशनमा पार्किग गरी थन्काइएका थिए । पार्किग गरिएको इनर्वा रेल्वे स्टेशनबाट परीक्षणका लागि रेल गुडाइए जनकपुर ल्याइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।
महाप्रबन्धक नेपालमा रेल गुडाउने दक्ष जनशक्तिको अभाव भएको हुदा भारतबाट १४ जना प्राविधिक टोली झिकाएर रेलको परिक्षण गरिएको छ । गत बर्ष असोज २ मा जनकपुर आएका रेल भोली पल्ट अर्थात २०७७ असोज ३ मा इनर्वा स्टेशनमा पार्किग गरी राखिएको थियो । लामो समय देखि थन्किएको रेलको पार्टपुर्जाहरुको अवस्था कस्तो छ सोको जानकारीको लागि परिक्षण गरिएको महाप्रबन्धक झाले भने ।
इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्था सम्म गए । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ । भारतबाट आएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । तर पछिल्लो समयमा त्रिपाल पनि च्यातिइसकेको थियो । बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ । महाप्रबन्धक झाले रेल सञ्चालन गर्नकै निम्ति परीक्षण गर्न लागिएको बताए ।
जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याए । भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
एक सेट रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ । एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको रहेका छन् ।
भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरिद गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्था सम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन नपाएको । करोडौंकोमा ल्याएको रेलमा खिया लाग्दा कुहिन थालेपछि परिक्षण गर्ने कार्य भईरहेको छ । जति सम्ममा ट्रयाक तयार छ त्यही सम्म रेल संचालन गर्नुपर्ने जनकपुरबासीले जोडदार रुपमा माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार