रौतहट, ८ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा घाँटीमा धारिलो हतियार खुकुरी प्रहारबाट गरेर एक महिलाको हत्या गरिएको छ ।
शुक्रवार विहान करिब १०ः३० बजेको समयमो घटनामा स्थानीय ४५ बर्षीय रेनु देवी जयसवालको घाँटीमा धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका ३५ बर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार खुकुरी महिला रेनु माथि आक्रमण गरेका थिए । घाँटीमा खुकुरी प्रहार हुँदा निजको घटनास्थलमै मृत्यु भएको छ ।
घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई उपेन्द्रलाई समातेर निर्घात कुटपिट गरेर प्रहरीको जिम्मा लगाए । गम्भीर घाइते भएका उपेन्द्रलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
डिएसपी गौतमका अनुसार गम्भीर घाइते उपेन्द्रको अवस्था निकै गम्भीर रहेको हुँदा वीरगञ्ज पठाइएको तथा घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट विजयपुरबाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान भईरहेको छ । घटना विवरण पत्ता लागेपछि जानकारी उनले दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन