नीट पेपर लीक प्रकरणः शिक्षा मन्त्री धर्मेन्द्र प्रधान एक्सको माध्यमबाट राजीनामा दिएको दाबी

0 Shares

नयाँदिल्ली, ९ साउन । नीट पेपर लीक प्रकरणलाई लिएर भारतभर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विद्यार्थी युवाहरूको प्रदर्शन तीव्र भइरहेका बेला प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत आफूले राजीनामा प्रधानमन्त्रीलाई पठाएको बताएका छन् ।
यद्यपि उनको राजीनामा अझै स्वीकृत भएको छैनन । शिक्षामन्त्री प्रधानले एक्समा लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर बनेको परिस्थितिबाट राष्ट्रविरोधी शक्तिहरूले लाभ नउठाऊन्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी पेचिलो प्रक्रियामा नफसोस् र विद्यार्थीहरूले आफ्नो समय पढाइ तथा करियर निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले प्रधानमन्त्री समक्ष आफ्नो त्यागपत्र पठाएको छु ।’
यसैबीच, ‘ककरोच जनता पार्टी’ का संस्थापक अभिजीत दीपकेले धर्मेन्द्र प्रधानको राजीनामा आएको दाबी गर्दै आन्दोलनलाई यसको कारण बताए । उनले भने, ‘हामीले गरेर देखायौं । प्रधानले राजीनामा दिएका छन् । सरकार सामु नझुके लोकतन्त्रमा जनदबाबले परिणाम दिन सक्छ ।’
नीट परीक्षा सञ्चालन र प्रश्नपत्र चुहावटको आरोपलाई लिएर भारतमा केही सातादेखि व्यापक विरोध प्रदर्शन जारी छ । यसअघि कांग्रेस सहित विभिन्न विपक्षी दलहरूले पनि प्रधानको तत्काल राजीनामा माग गर्दै आएका थिए ।
यद्यपि भारत सरकार वा प्रधानमन्त्री कार्यालयले शिक्षामन्त्री प्रधानको राजीनामा प्राप्त भएको वा स्वीकृत गरिएको सम्बन्धमा हालसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन । त्यसैले राजीनामा पठाइएको दाबी र त्यसको स्वीकृतिबारे अन्तिम निर्णय आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।