रौतहट, २४ पुस । प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा एक सय जनालाई कोभिड परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट ३१ जनाको परीक्षण गरिएको छ र सो मध्ये ७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय सपहीले जनाएको छ ।
यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा ३ जनामा, जलेश्वर अस्पताल पिसीआर ल्याबमा ५ वटा पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएको हो । मलंगवा अस्पतालमा ७ वटा पिसिआर परिक्षण गरिएको छ भने गौर अस्पताल रौतहटमा २३ वटा पिसिआर र ३१ वटा ऐन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ नै आएको निर्देशनालयले जनाएका छन् ।
पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरुमा धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिकाका ४१ वर्षीय महिला तथा १५ वर्षीय युवक रहेको छ । गणेशमान चारनाथ नगरपालिकाका १६ वर्षीय युवक, धनौजी गाउँपालिकाका २४ वर्षीय युवक, परसाही हंसपुर नगरपालिकाका ४८ वर्षीया महिला, महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाका ५९ वर्षीय पुरुष तथा सर्लाहीको हरिपूर्वा नगरपालिकाका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ भरी कोरोना संक्रमणबाट अहिले सम्म मृत्यु हुनेहरुको संख्या १ हजार ४० रहेको छ । सप्तरीमा १ सय ५६, सिरहामा १ सय ३४, धनुषामा १ सय ३१, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २८, बारामा १ सय ७६, पर्सा १ सय ३० र एक जना भारतीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेहरुमा ७ सय ५८ पुरुष तथा २ सय ८२ जना महिला रहेको जनाइएको छ