रौतहट, ११ साउन । रौतहट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलेर भित्रर्याउदै गरेका डेढ लाख भन्दा बढिको लत्ताकपडा सहित मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, परोहा नगरपालिका ३ तेजापाकडबाट हिजो आईतवार नेपाल प्रहरीको गस्ती टोलीले १ लाख ६७ हजार १५० बराबरको लत्ताकपडा र भारतीय नम्वरको मोटरसाइकल बरामद गरेको हो ।
अस्थायी प्रहरी पोस्ट लौकहा र भन्सार सुरक्षा गार्डको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा विआर ०५ विडी ५५७२ नम्बरको मोटरसाइकलमा भारतबाट चोरी–पैठारी गरी ल्याइँदै गरेको सामान बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ ।
गस्ती टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल चालक सवारीसाधन र सामान छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
मोटरसाइकल सहित उक्त कपडाको बजारको चलनचल्ती मूल्य कायम गरेर आववश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको तथा फरार रहेका चालकको खोजी कार्य जारी रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन