सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ भने झड्पमा परेर प्रदर्शनकारी र प्रहरी सहित १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा आइतबार राति उपचारकै क्रममा मृत्यु भयो ।
साउने सोमबारको बोलबम यात्राका लागि एउटा समूह राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थिए । त्यसक्रममा रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै अर्को समूहले विरोध गरेपछि विवाद चर्किदै हिंसात्मक झडपमा परिणत भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरे त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउनु पर्यो ।
घटनामा गोली लागेका तथा अन्य गरी आठ जना प्रदर्शनकारी विराटनगरका विभिन्न अस्पतालमा उपचाररत छन् । घाइतेमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाए ।
झडपमा प्रहरी निरीक्षक राकेश राई सहित आठ जना प्रहरी पनि घाइते भए ।
प्रहरीका अनुसार झडपका क्रममा कप्तानगन्ज बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी समेत भएको छ । घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन