अमेरिकाद्धारा चीन र हङकङ्गलाई पत्रकार रिहा गर्न आहवान

   २५ पुष २०७८, आईतवार ०८:२९  


अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनेकेनले चिनियाँ र हङकङका अधिकारीहरुलाई प्रजातन्त्र समर्थक मिडिया आउटलेट स्टयाण्ड न्यूजका कर्मचारीहरुलाई तुरुन्त रिहा गर्न आहवान गरेका छन् । प्रहरी छापामारी पश्चात प्रजातन्त्र समर्थक यस मिडियाको प्रकाशनलाई बन्द गरिएको थियो र जबकी यसका कर्मचारीहरुलाई पक्राउ गरिएको थियो ।
ब्लिनेकेनद्धारा गत साता जारी गरिएको एक विज्ञप्तिमा जनवादी गण्तन्त्र चीन सरकारलाई आहवान गर्दै पिप्लस रिपब्लिक चाइना र हङकङका अधिकारीहरुलाई हङकङको स्वतन्त्रता र स्वतन्त्र मिडियालाई लीक्षत गरी जारी कारवाही बन्द गर्न तथा अन्यायपुर्ण तरिकाले हिरासतमा राखिएका र अभियोग लगाईएका पत्रकार र सन्चारकर्मीहरुलाई तुरुन्त रिहा गर्न भनिएको छ ।
स्वतन्त्र मिडियालाई चुप बस्न लगाएर पी.आर.सी र स्थानीय अधिकारीहरुले हङकङको विश्वसनियता र व्यवहारलाई कमजोर पारेको आरोप लगाईएको छ । सन् २०१४ मा गैर नाफामुलक संस्थाको रुपमा स्थापना गरिएको स्टयाण्डन्यूज, यसवर्षको राष्ट्रिय सुरक्षा अनुसन्धानले जेलमा परेका टाइकुन जिम्मीलाईको एप्पल डेली टयाब्लोइडलाई बन्द गरियो जुनकी हङकङमा प्रजातन्त्र समर्थक प्रकाशनहरुमा सवै भन्दा प्रमुख थियो ।
तर पछिलो समयमा यस माथि पनि चिनिया सरकारको ध्यान आकृष्ट भएको छ । स्टयाण्ड न्यूजको छापाले भुतपूर्व ब्रिटिस उपनिवेशमा प्रेस स्वतन्त्रताको बारेमा थप चिन्ताहरु खडा गरेको छ, जुन सन १९९७ मा चिनिया शासनमा स्वतन्त्र पे्रस लगायतका स्वतन्त्रताहरुलाई सुरक्षित गरिने प्रतिबद्धताका साथ चिनलाई फर्काईएकोे थियो । युएस समाचार अनुसार चिनिया अधिकारीहरुले स्टयाण्ड न्यूजका प्रधान सम्पादक प्याट्रिक लाम सहित ६ जनालाई गएको डिसेम्बर २९ मा पक्राउ गेरको हो । उनीहरु विरुद्ध देशद्रोहको आरोप लगाईएको पनि समाचारपत्रले जनाएको छ । सन् १९९७ मा बेलायतले आÇनो उपनिवेश रहेकोे हङकङ चीनलाई सुम्पेको हो । केही शर्तहरु सहित चीनलाई हङकङ अवश्य पनि सुम्पिएको हो तर अव त्यहा पूर्णतः चीनकै कानुन लागु भएको छ । यसलाई त्यहाका लोकतन्त्र एवं स्वतन्त्रता समर्थक जनता तथा अन्तरराष्ट्रिय समुदायले पनि रुचाई राखेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै