भारतमा एकै दिनमा थपिए एक लाख ४१ हजार कोरोना संक्रमित

371 Shares

नयाँ दिल्ली, २५ पुस । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजारमा कोरोना संक्रमण पुष्टि गरिएको छ ।
यो पछिल्लो ६ महिना पछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिए सँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढे सँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

सम्बन्धित समाचार