सुनसरी घटनालाई लिएर धनुषामा सदभाव तथा सर्वदलीय बैठकबाट ६ बुँदे निर्णय, भड्काउ गतिविधिमा संलग्न पाइएमा कारबाहीको चेतावनी

0 Shares

जनकपुरधाम, १२ साउन । सुनसरी जिल्लामा भएको साम्प्रदायिक घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै धनुषा जिल्लामा सदभाव विग्रन नदिन जिल्ला प्रशासन कार्यालय जनकपुरधामले ६ बुंदे निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जनकपुरधाममा मंगलवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सामाजिक सदभाव, एकता र धार्मिक सहिष्णुता कायम गर्ने बैठकमा ६ बुंदे निर्णय गरेको हो ।
जिल्लामा बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न ६ बुँदे निर्णय गर्दै सार्वजनिक गरिएका छन् ।
बैठकले कुनै पनि बहानामा सामाजिक सद्भाव बिगार्ने, हिंसा भड्काउने, तोडफोड, आगजनी तथा भ्रामक सूचना फैलाउने गतिविधिमा संलग्न जो–कोहीलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिए ।

नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजको पहिचान जोगाउन सबै धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइयो ।
बैठकले कुनै पनि विवाद वा संवेदनशील विषय उत्पन्न भए तत्काल सम्बन्धित समुदाय, जनप्रतिनिधि, सुरक्षा निकाय र जिल्ला प्रशासनबीच समन्वय गरी शान्तिपूर्ण रूपमा समाधान खोज्ने निर्णय गरियो ।
यस्तै, विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी, सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत भ्रामक अफवाह फैलाउने, धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने निर्णयमा उल्लेख छ ।
बैठकले शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई पूर्व जानकारी गराउनु पर्ने तथा प्रशासनले त्यस्ता कार्यक्रमको आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरे ।
साथै, सुनसरी जिल्लामा भएको दुखद घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।