zoom webex download download zoom file zoom app install pc zoom download kostenlos windows 10 zoom login online join meeting google - zoom login online join meeting google zoom beauty filter download download zoom 5.0 for windows 10

प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङको आधारमा होम आइसोलेसनमा

   २५ पुष २०७८, आईतवार ०९:२५  

काठमाडौं, २५ पुस । कोभिड संक्रमण भएको व्यक्तिको सम्पर्कमा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेर हाम आइसोलेसनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि उनीहरु संग भेटघाट गर्नु भएका प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा बस्नु परेका हुन् । प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी थिए । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै