zoom downlosad why isn't my zoom audio working on my laptop premiere pro zoom transition presets free download zoom desktop free download zoom.com download

चाकु प्रहार गरी युवकको हत्या

   १६ मंसिर २०७७, मंगलवार १५:४४  

रौतहट, १६ मंसिर । रौतहटको वृन्दावन नगरपालिकामा सोमवार राति चाकु प्रहार गरेर एक युवकको हत्या गरेको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरेर १९ बर्षिय रवि रामले छिमेकी १८ बर्षिय नन्दकिशोर रामको कोखामा चाकु प्रहार गर्दा गम्भीर घाईते भएका थिए । गम्भीर घाईते नन्दकिशोरलाई तत्कालै चन्द्रपुर स्थित एपोलो अस्पतालमा उपचारको क्रममा गए राति ९.१५ बजेको समयमा मृत्यु भएको हो ।
रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोरलाई उनका छिमेकी रविले मादक पदार्थ सेवन गलीग्लौज गरेको भन्दै विवाद भएको थियो । विवाद साम्य भएको केही समयपछि रविले नन्दकिशोरलाई चक्कु प्रहार गरेका थिए । कोखामा चक्कु प्रहारबाट गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए ।
सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेको र नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै विवाद भएको थियो । प्रहरीले राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै