सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, देशभरको चिकित्सकहरुको आन्दोलन फिर्ता

0 Shares
रौतहट, १३ साउन । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद अन्त्य गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ ।
सहमतिसँगै चिकित्सक संघले देशभर सञ्चालन गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता भएको हो ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरु बीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
दुबै पक्ष बीच भएको सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका शीघ्र तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा संलग्न माथि कडा कानुनी कारबाही सुनिश्चित गर्ने तथा सम्बन्धित मन्त्रालय बीच आवश्यक समन्वयलाई प्रभावकारी बनाइने सहमति भएको सहमती पत्रमा उल्लेख रहेको छ ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने र त्यसको कार्यान्वयन प्रगतिलाई नियमित रूपमा समीक्षा गर्ने निर्णय समेत भएको छ ।
५ बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।