cloud zoom magento free download zoom login online uk - zoom login online uk download zoom file zoom app for pc latest version zoom soc 2 report download zoom m1 download download zoom terbaru zoom meeting 5.0 download

श्रोत नखुलेको साढे १४ लाख सहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरे

   २५ पुष २०७८, आईतवार १८:५४  

तराई टप
रौतहट, २५ पुस । श्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारत सिमा क्षेत्रको मनमोहन प्रवेश गेट भएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा भारत विहार पुर्वी चम्पारण जिल्ला तेलहरा कला २ का ३९ बर्षिय संजयकुमार जयसवाललाई साढे १४ लाख नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण रौतहटले जनाएको हो ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्वर २ बाहिनीको टोली र ११ नम्वर गणको संयुक्त स्क्वार्यड टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको विआर ०५पिजी ८०५६ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा सिटमुनी लुकाएर राखिएको अवस्थामा उक्त नेपाली रुपैया सहित जयसवाललाई पक्राउ गरिएको सशस्त्र प्रहरी वल नेपालको ११ नम्वर गणको एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिए ।
श्रोत नखुलेका रकम सहित जयसवाललाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको समेत उनले भने । पछिल्लो समयमा सिमापारीबाट श्रोत नखुलेको रकम सहित नेपाल आउने क्रम बढ्दै जाँदा त्यस्ता गैरकानुनी कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई निगरानीमा राखेर नियन्त्रणमा लिने कार्य सशस्त्र प्रहरीले गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै