0
Shares
सिरहा, १४ साउन । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि लहान क्षेत्रमा कर्फयु आदेश जारी गरेको हो ।
यसअघि प्रशासनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ सम्मको क्षेत्रमा कर्फयु आदेश जारी गरेका थिए ।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले थप सूचना जारी गरी लहान क्षेत्रमा पनि कर्फयु विस्तार गरेको जनाए । कर्फयु अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले आग्रह गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन