नक्कली कागजातको छपाई गरेर बंगलादेशलाई ठूलो क्षति पुर्याउदै आएको चिनियाँ कम्पनी विरुद्ध कारवाही गर्न डराउँछन् बंगलादेश

   २६ पुष २०७८, सोमबार ०९:३२  

एजेन्सी
ढाका, २६ पुस । व्यापारको नाममा केही चिनियाँ कम्पनीहरू बंगलादेशमा नक्कली कागजात छपाई र आपूर्ति गर्ने कार्यमा संलग्न रहेको पाइएको छ, जसको गर्दा सरकारी कोषलाई ठूलो नोक्सान पुर्याएको छ ।
भर्खरै, चटगाउँ भन्सार घर पोर्ट कन्ट्रोल युनिट (पिसियु) ले खुलासा ग¥यो कि शेन्जेनमा रहेको चिनियाँ कम्पनी डिजिट एन्टि फेक कम्पनी लिमिटेड (डिएएफसि) ले चटगाउँ स्थित अराफात इन्टरप्राइजलाई नक्कली ब्यान्ड रोल÷स्ट्याम्पहरू आपूर्ति गरेको उच्च स्तरिय श्रोतले बतायो ।
यद्यपि, चिनियाँ कम्पनीले बंगलादेशी कम्पनीलाई आर्ट÷पि ४ साइजका कागजहरू समावेश गरेको खेप घोषणा गरेको थियो, तर उनीहरूले नक्कली ब्यान्ड रोल÷स्ट्याम्पहरू आपूर्ति गर्दै आएको पाइयो जसको परिणामस्वरूप बि डि २५० करोड भन्दा बढीको कर छली गरेको आरोप लागेको छ ।
ब्यान्डरोलहरू बि डि सरकारी संस्था बंगलादेशको सेक्युरिटी प्रिन्टिङ कर्पोरेसनद्वारा छापिन्छन् र चुरोट÷बिडी कम्पनीहरूले कर÷भ्याट तिरेर यी ब्यान्डरोलहरू खरिद गर्नुपर्छ जसलाई चुरोटको लागि लिइने कर भनिन्छ । राष्ट्रिय राजस्व बोर्ड (एन बि आर) ले यस प्रकारका स्ट्याम्प÷ब्यान्डरोलहरू बेचेर राजस्व कमाउँछ र कसैले पनि एन बि आर बाट बाहेक अन्य टिकटहरू किन्न अनुमति छैनन बंगलादेशमा । ब्यान्डरोल बिडी र चुरोटको प्याकेटमा बेरिएको सानो पातलो रिबन हो ।
कतिपय व्यापारिक संस्थाले चीनबाट नै खरिद गरेको देखिन्छ । राहदानी, मतपत्र, राष्ट्रिय परिचयपत्र, जन्म दर्ता प्रमाणपत्र लगायतका नक्कली कागजातहरू छाप्ने काममा डीएएफसी संलग्न रहेको पनि आरोप छ । बंगलादेशका अधिकारीहरूले डि ए एफ सि द्वारा सञ्चालित एउटा वेबसाइटले पत्ता लगाए जसमा वंगलादेशको राष्ट्रिय राजस्व बोर्ड, भन्सार भुक्तान भएको ब्यान्डरोल उल्लेख गरिएको छ । उल्लेखनीय कुरा के छ भने, चटगाउँमा खेप बरामद भएपछि चिनियाँ कम्पनीले विभिन्न नक्कली कागजातहरू देखाउने आफ्नो वेबसाइट बन्द गरेको छ ।
गलादेशी बन्दरगाहका अधिकारीहरूले यस्ता गैरकानुनी गतिविधिमा अन्य चिनियाँ कम्पनीको संलग्नता रहेको आशंका गरे पनि वरिष्ठ अधिकारीहरूको ‘दबाब’ का कारण कारबाही गर्न सकिएको छैनन । हालका वर्षहरूमा नक्कली र पाइरेटेड वस्तुहरूको व्यापार बढेको छ र यो ओ इ सि डि द्वारा विश्वव्यापी व्यापारको लगभग ३÷६ प्रतिशत अनुमान गरिएको छ । विश्व भन्सार संगठनको अनुमान छ कि विश्वव्यापी रूपमा सबै नक्कली ढुवानी मध्ये ६५ प्रतिशत भन्दा बढि चीनबाट उत्पन्न हुने गरेको पाइएको छ ।
ओईसीडीका अनुसार ट्रेडमार्क र प्रतिलिपि अधिकारको उल्लङ्घन गर्ने नक्कली सामानको व्यापारले कम्पनी र सरकारको खर्चमा संगठित गिरोहहरूको नाफा कमाउँछ । चिनियाँ कम्पनीहरू नक्कली ब्रान्डेड उत्पादन गर्नका लागि कुख्यात मानिन्छ । यद्यपि, चीनमा उत्पादन गरिएका नक्कली सरकारी कागजातहरूको बारेमा भएका खुलासाहरूबाट ठूलो चिन्ताको विषय हो, विशेष गरी यसले बंगलादेशको मामलामा देखिए जस्तै सरकारी कोषमा ठूलो नोक्सान पुर्याएको छ ।
ग्लोबल एलायन्स फर ट्याक्स जस्टिस द्वारा अनुमानित (२०२१) बंगलादेशले बहुराष्ट्रिय निगमहरू र धनी व्यक्तिहरूद्वारा विश्वव्यापी कर दुरुपयोगबाट प्रत्येक वर्ष कर राजस्वमा ४ १४३÷९६ मिलियन वा बि डि टाका १२३५ करोड गुमाउने गरेपनि त्यसता चिनिया कम्पनी विरुद्ध कारवाही गर्न सकेको छैनन्् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै