वीरगञ्ज, १४ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार विहवार साँझ ५ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम तोकिएको क्षेत्र भित्र पाँच जना भन्दा बढी व्यक्तिहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
निषेधाज्ञा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा लागु हुनेछ ।
प्रशासनले आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारवाही गरिने स्पष्ट चेतावनी दिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न र अनावश्यक रूपमा निषेधित क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन