जनकपुरधाम, २६ पुस । भारतीय महावाणिञ्य दूतावास विरगंजद्धारा उद्योग वाणिञ्य क्षेत्रको प्रवद्र्धन र नेपाल भारत विचको साँस्कृतिक सम्बन्धमा हिन्दीको योग्यदान विषयक एक दिने कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ ।
“नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान” विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हिन्दी भाषा जनजनको भाषा भएकोले हिन्दी हामीलाई जोड्ने भाषाको रुपमा स्थापित भएको बताउँदै हिन्दीको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताए ।
हजारौं बर्ष अघि देखि नेपाल भारत विचको सम्बन्ध अक्षुण एवं अदभुत रहेको छ, जसलाई लिएर विश्वका विभिन्न देशहरुलाई सोच्न विवश बनाउछन् कि नेपाल भारत विच कस्तो सम्बन्ध हो जो कहिल्यै अलगथलग हुँदैन यस्तो कुरा सोच्ने गर्दछन् । हामीले त्यस्ता देशहरुलाई भन्न चाहन्छौं कि नेपाल भारत विच आदि काल देखि नै “बेटी रोटी, धर्म संस्कृतिक, भौगोलिक, भाषा सहित मित्रताको प्रगाढ सम्बन्धको कारण नेपाल भारत विच एक अटुट सम्बन्ध रहेको हुँदा कुनै पनि तत्वबाट भत्किनेवाला छैन ।”
कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपाल र भारतबीचको सम्बन्ध अटुट रहेकोले कसैले तोडन नसकिने बताए । साहित्यकार आशा सिन्हाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेश नं. २ का प्रदेशसभा सदस्य सुरिता साह, जनकपुधाम उप महानगरपालिका प्रमुख लालकिशोर साह, महावाणिञ्यदूत नितेश कुमार, साहित्यकार रामभरोश भ्रमर लगायतका वक्ताहरूले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदानवारे चर्चा परिचर्चा गरेका थिए ।
सो कार्यक्रममा हिन्दी काव्य रचना प्रस्तुत गर्ने साहित्यकारहरुलाई सम्मान पनि गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन