ओलीको अहंकार र दम्भको आलोचना, प्रधानमन्त्री देउवाको चारै तिर प्रसंशा

637 Shares

काठमाडौं, २६ पुस । इतिहासमा उल्लेख छ कुनैपनि देशको प्रधानमन्त्री कुनै नेता विशेष वा व्यक्तिको घरमा पुग्दा ठूलो एवं अचम्मको घटना मानिन्छ, प्रधानमन्त्री कार्यकारी प्रमुख पद हो, जसले पनि त्यो पदको महत्व बुझनु पर्दछ तर एमाले अध्यक्ष केपी ओली जस्ता नेतालाई कुर्सी सधैका लागि आफनो भएको ठान्दछ ।
कम्युनिस्ट नेता केपी शर्मा ओलीले भने प्रधानमन्त्रीको कुर्सी सधैंका लागि आफ्नो बिर्ता जस्तो ठान्दै आएको कारण यस्तो अवस्था सृजना भएको महसुस गरिरहेका छन् । त्यही कारण बालुवाटारबाट गलहत्याइए पछि उनमा अहंकार र आक्रोश बढेको छ । नेतामा अहंकार बढ्यो भने त्यसले उसैलाई नै क्षति हुन्छ, पार्टीलाई हुन्छ र देशलाई हानि पुग्दछ ।
दुई दुई चोटि संसद् विघटन गरेर संविधानको धज्जी उडाएका ओली असारमा प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई समेत दिएनन् ।
औपचारिक रूपमा भेटवार्ता पनि गरेनन् । देउवा नै उनलाई भेट्न एमालेको महाधिवेशनमा गए । आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा बोलाए । आफ्ना विशेष दूत सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए । गत शनिबार आफैं ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगे । पछिल्लो समय देउवाले सबैको मन जित्दै गएका छन् । प्रधानमन्त्री देउवा कांग्रेस सभापति समेत भएको व्यक्ति यत्तिको लचक भएकामा सबैले प्रशंसा गर्न थालेका छन् ।
तर, ओलीले भने शुभेच्छुक घटाउँदै लगेका छन् । उनले म जस्तो ठूलो र बलशाली नेता कोही छैन भन्ने उनको दम्भले नै उनलाई चाँडै रसातलमा लैजाने विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री देउवाले शनिबार ओलीलाई संसद कायम अवरोध अन्त्य गर्न प्रस्ताव गरे । एमसिसी पास गराउन सहयोग मागे । तर, ओलीले यसलाई इन्कार गरेका छन् ।
जसले आगामी निर्वाचनमा एमाले र ओलीले मूल्य चुकाउनु पर्ने अनुमान गर्न थालिएको छ । अबको १० महिना पछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने नै छ । एक वर्ष सम्म संसद अवरुद्ध गर्ने एमालेको निर्णयलाई कांग्रेसले चुनावमा एजेन्डा बनाउने निश्चित छ । किनभने संसद् नै चलोस् भन्ने नचाहने एमालेलाई किन संसदमा पठाउने भन्ने एजेन्डा जबर्जस्त रूपमा उठ्ने सम्भावना छ । जुन एमालेकै लागि दुर्भाग्यपूर्ण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार