रौतहटका सम्पूर्ण राजनीतिक दलको संयुक्त अपिलः ‘धार्मिक सद्भाव बिथोल्ने गतिविधि तत्काल रोकौँ’

0 Shares

रौतहट, १५ साउन । सुनसरी र सिरहा सहित विभिन्न जिल्लामा भएका घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै रौतहटका सम्पूर्ण राजनीतिक दलले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न संयुक्त अपिल जारी गरेका छन् ।
शुक्रबार जारी सामूहिक अपिलमा पछिल्ला घटनालाई आधार बनाएर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा भ्रामक सूचना, घृणायुक्त अभिव्यक्ति, धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने गतिविधि नगर्न सबै नागरिक सँग आग्रह गरिएका हुन् ।
फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक संजालहरुको माध्यमबाट अफवाह फैलाउने, पुराना घटनालाई वर्तमान सँग जोडेर भ्रम सिर्जना गर्ने तथा समुदाय बीच वैमनस्य फैलाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
राजनीतिक दलहरूले रौतहटमा लामो समयदेखि कायम रहेको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र विविधता बीचको एकतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने प्रतिबद्धता जनाए । सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मीलाई संयमता अपनाउँदै सामाजिक एकता सुदृढ बनाउन सक्रिय भूमिका खेल्न अपिल गरे ।
संयुक्त विज्ञप्तिमा विगतमा जिल्लामा देखिएका असहज अवस्था समेत आपसी सहमति र संवाद मार्फत समाधान गरिएको स्मरण गराउँदै अहिले पनि कुनै पनि उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन र समाजमा उत्तेजना फैलाउने कार्यक्रम नगर्न सबै पक्ष संग आग्रह गरिएको छ ।
राजनीतिक दलहरूले रौतहटलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकता तथा सहिष्णुताको नमुना जिल्लाका रूपमा कायम राख्न साझा प्रतिबद्धता व्यक्त गर्दै शान्ति, सद्भाव र भाइचाराको वातावरण जोगाउन सबै नागरिकसँग सहयोगको आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।