0
Shares
रौतहट, १५ साउन । पछिल्ला समयमा उत्पन्न भएको घटनाक्रमबाट तराई–मधेशमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्ने हेतु दुई जना एआईजीलाई आजै मधेश प्रदेशमा परिचालन गरिएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले तराई–मधेशमा कर्फयु लागू भएका तथा संवेदनशील जिल्लाहरूमा वरिष्ठ प्रहरी अधिकृतहरुलाई परिचालन गरिएका हुन् ।
सुरक्षा अवस्थाको निरन्तर अनुगमन, शान्ति–सुव्यवस्था कायम राख्ने तथा सम्भावित घटनालाई नियन्त्रणमा लिन उच्च तहबाट नेपाल प्रहरीका एआइजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरीका एआईजी गणेशठाडा मगरलाई परिचालन गरिएको छ ।
दुबै जना जनकपुरधाम पुगेर सुरक्षा अवस्थाको जानकारी लिदै कहि कतै घटना हुन नदिन सुरक्षा निकाय जिम्मेवारीका साथ फिल्डमा खटिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन