उत्तरी नाकामा चिनियाँद्धारा गरिएको अघोषित नाकाबन्दीले नेपाली व्यापारी मर्कामा, ट्रक व्यवसायीहरुको कंत विजोग

   २६ पुष २०७८, सोमबार १०:२३  

काठमाडौं, २६ पुस । कोभिड १९ को संक्रमणको कारण देखाउदै उत्तरी सिमा नाका रसुवागढी नाकामा अझै चिनियाँ हस्तक्षेप नहट्दा नेपाली व्यापारीहरु पिडित बन्दै गएको छन् ।
कोरोना संक्रमणबाट समस्याग्रस्त रहेका रसुवागढी नाकामा चीनियाँ हस्तक्षेप हटेको कारण पूर्ण रुपमा संचालनमा आउन सेकेको छैनन जसको मार व्यापारीहरुले खेप्नु परेका हुन् । आशिंक रुपमा खुलेपनि पुर्ण रुपमा नाका खुल्न सकेको छैन । कोरोनाको कारण देखाउदै चीनियाँ पक्षले नाकामा कडाईलाई जारी राखेको छ ।
जसकारण सामान आयात गर्न नाकामा पुगेका गाडी चालकले व्यापक सास्ती खेप्नु परेको छ । कोरोनापछि चिनले नेपाली नागरिक र कन्टेनरलाई आफनो क्षेत्र प्रवेश गर्न रोक लगाएको छ । त्यसैले नेपाल तर्फका ट्रक तथा कन्टेनर नाकावारी नै सामानको लागि कुरेर बस्ने गरेका छन् ।
चीनको अवरोध अघि दैनिक ६० देखी ७० वटा गाडिहरु केरुङ नाकामा पुगी लोड हुने गरेकोमा पछिल्लो समय दैनिक मुस्किलले करिब १० वटा गाडि मात्रै लोड हुने गरेका छन् । त्यो पनि चाइनाकै गाडिमा सामान आउने गरेको छ । सामान लिन चीन प्रवेश गर्न नपाएपछि नाकावारी वसेका नेपाली गाडी चालकले आफुले ल्याउने सामानको बारेमा समेत जानकारी लिन पाउदैन् । चीनिया कन्टेनरले जस्तो सामान ल्याएर दिन्छ त्यहि ल्याउन बाध्य छन, नेपाली गाडीहरु ।
उत्तरी नाकामा सहजता हुँदा एउटा ट्रकले रसुगढी नाकाबाट महिनामा ४ देखी ५ पटक सम्म सामान काठमाडौ ओसारपसार गर्ने गरेको थियो । तर पछिल्लो समयमा एक ट्रक सामान लोड हुन पनि मुस्किल हुने गरेको चालकहरुको गुनासो छ । गाडी चालकका अनुसार अहिले आम्दानी भन्दा खर्च बढि भईरहेको छ । एक ट्रिप सामान लोड गर्न नाकामै गएर महिना दिन जस्तै कुर्नु पर्छ । त्यहाँ गएर खाने बस्ने खर्चले गर्दा भएको आम्दानीले कर तिर्न पनि नपुग्ने चालकहरु बताउँछन् । होटलमा खान बस्न पैसा नहुदा, गाडि चालकहरु ट्रकमै खाना बनाएर खान बाध्य छन । महिनौ दिनसम्म ट्रकमै सुतेर रात बिताउँनु पर्ने उनीहरुको भनाई छ ।
चीनको व्यापारिक क्षेत्रबाट सामान कतिखेर आउँछ भन्ने निश्चित हुँदैन । सामान आए पनि नाकामा हुने लापरबाहीले सामान लोड गर्नमा समस्या उत्पन्न हुने गरेको उनिहरुको गुनासो छ । चीनियाँ ५ वटा कन्टेनरमा आएको सामानले नेपालको १० ओटा ट्रक भरिन्छ । तर नाकावारी ३ सयदेखी ४ सयवटा गाडीको लाइन हुने गर्दछ । महिना दिनदेखि सामानका लागि कुरेर वसेका ट्रकले समेत सामान नपाउने स्थिति सृजना भएको छ ।
स्थानीय प्रशासनले समेत सामान लोड÷अनलोडलाई ब्यवस्थित वनाउन सकेको छैनन । भद्रगोल तरिकाले सामान लोड गर्ने अवस्था भएपछि त्यहाँ टोले गुन्डाहरु को चलखेल त्यतिकै रहेको छ । नाकामा सामान लोड गर्नका लागि चीनियाँ पक्षले अतिरिक्त शुल्क ५ देखी १० हजार सम्म लिने गरेको छ । जसले बढि पैसा दिन्छ, उसको सामान छिटो लोड हुने गरेको छ । घुस नदिने गाडीले फेरी पनि कुर्नु पर्ने हुन्छ । महिनौं पछि नाकामा पुगेका कतिपय गाडी नियम अनुसार सामान लिन जान नपाउँदा अलपत्र पर्ने गरेका छन् ।
समयमा सामान नपाउँदा र भनेको जति सामान नपाउँदा ट्रक व्यवसायिहरु चरम आर्थिक मारमा परेका छन् । चिनियाँ पक्षको अघोषित नाकाबन्दी हुनु अघि करिब डेढ लाखमा काठमाण्डौं भित्रने गाडिको खर्च अहिले १० लाख सम्म पुगेको छ । आम्दानी नभएपछि गाडिहरु बैकंले लिलाम गर्न थालेको गुनासो चालक एवं सवारीधनीको छ ।
गाडी व्यवासायीको मर्का स्थानिय सरकार तथा केन्द्रिय सरकारले सम्बोधन गरेको देखिदैन । चालकहरु सम्बन्धित निकायले छिटो भन्दा छिटो उनिहरुको समस्या सुनेर सम्बोधन गरिदिनु पर्नेमा जोड दिदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै