why is zoom not responding on my laptop - why is zoom not responding on my laptop why my audio is not working in zoom in laptop download zoom for windows client zoom meeting join a meeting today online free - zoom meeting join a meeting today online free updated zoom download zoom registration not showing

ज्यान मार्ने कसुरमा फरार रहेका अभियुक्त दास प्रहरी नियन्त्रणमा

   १६ मंसिर २०७७, मंगलवार १५:४७  

रौतहट, १६ मंसिर । रौतहट कटहरिया नगरपालिकाबाट ज्यान मार्ने कसुर मुद्दामा गत ८ महिना देखि फरार रहेका अभियुक्त तेजनारायण दासलाई सोमवार राति रौतहट प्रहरीले पक्राउ गरेको छ ।
२०७७ बैशाष ७ गते राती संदिप यादवलाई कुटपिट गरी ज्यान मारेर फरार रहेका अभियुक्त दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । कटहरिया नगरपालिकाको वडा नम्बर १ का अभियुक्त ४५ बर्षिय दास सोमबार साँझ आफनै घरमा लुकिछिपी बसेको अवस्था तथा गाउँमा आएको जन्ती हेर्न घर बाहिर निस्किदा स्थानियले नियन्त्रणमा लिइ कुटपिट गरिरहेको खवर पाउना साथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटि गएको प्रहरी टोलीले निज दासलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीका एसपी सिद्धी विक्रम शाहले जानकारी दिए ।
ज्यान मार्ने कसुरमा फरार रहेका दासलाई कारवाहीको लागि मंगलबार रौतहट जिल्ला अदालतमा पेश गरिएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै