cakewalk by band zoom download windows how zoom app is unsafe download zoom pc app download blur for zoom is zoom.us safe to download is pcr test free for travel download/zoom.us zoom download kostenlos windows 10

दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा भारतले मैत्री पुल बनाउने भारतीय मन्त्री परिषदद्धारा अनुमती प्रदान

   २६ पुष २०७८, सोमबार १०:३६  

रौतहट, २६ पुस । नेपालको पश्चिमी भारत संग जोडिएको नाका दार्चुला र भारतको धार्चुलालाई जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।
दार्चुला र धार्चुलालाई जोड्न महाकाली नदीमा बनाइने मैत्रीपुलको लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले क्याविनेट बैठकले धार्चुला स्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका छन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै