काठमाडौं, २६ पुस । नेपालको पहिलो राष्ट्रपति रहनु भएका डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नभएको कार्य गरेर वर्तमान संविधान खत्तम पार्न खोजेको आरोप लगाए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर संविधानको अस्तित्वमै खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् ।
वामपंथी नेता चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को गत शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्य मुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए ।
पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए ।
त्यसमा पनि एक वर्षदेखि २÷२ पटक संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ गए ? के–के भयो ? त्यो विषय होइन । म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं । ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरिनु कार्य न्यायोचित नभएको टिप्पणी गरे ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने थलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमाले प्रति असन्तुष्टि पनि जनाए । उनले राजनीतिक दलहरुलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुटन पनि आग्रह गरे ।