गौतम बुद्ध अन्तरराष्ट्रिय विमान स्थलको निर्माणमा चिनियाँ कम्पनीको चरम लापरवाही

   २६ पुष २०७८, सोमबार १३:३६  

प्रभातकुमार झा
रूपन्देही जिल्लामा निर्माणाधिन रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माणको गतिमा चरम लापरवाही भईरहेको कारण सरकारले पटकपटक सफाइ दिनु परेको छ । निर्माणमा भईरहेको चरम ढिलाईपूर्ण अवस्थाको जानकारी लिन पटक पटक मन्त्रीहरू विमानस्थल पुगेर निरिक्षण गरी ठेकदारलाइ ताकेता गर्ने गरेको समाचार बाहिर आउने गरेका छन् ।
तर निर्माण कार्यको जिम्मेवारी लिएका चिनियाँ कम्पनीले थप समयको माग गर्दै निर्माणकार्य लम्ब्याउदै आएको छ । विमानस्थल निर्माणमा चिनियाँ ठेकदार कम्पनीको लापरवाहीका प्रमाणहरू पटकपटक सार्वजनिक हुदै आएका हुन् ।
वास्तवमा भगवान बुद्धको महापरिनिर्वाण स्थल कुशीनगर घुम्न आउने पर्यटकहरूमा थाइल्याण्डका बौद्ध धर्मावलम्बीहरू श्रीलंकापछि दोस्रो नम्बरमा छन् । त्यहाँ थाई शाही परिवारद्वारा सञ्चालित बुद्ध विहार पनि छ । यही कारणले डेढ दशक अघि थाई सरकारले बैंककबाट सिधा उडान गर्ने प्रयास गरेको थियो । उनले यहाँ आफ्नो अस्थायी राहदानी कार्यालय पनि खोलेका छन् ।
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अपेक्षाको अनुभूति भएको थियो । कुशीनगर अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसलाई आकार दिने अभ्यास तीब्र भएको छ । थाइल्यान्ड सरकारबाट नेपाल र भारतका लागि नियुक्त राजदूत डा फतेप बोधिवाङको नेतृत्वमा आधिकारिक राहदानीमा आएको सात सदस्यीय बौद्ध भिक्षुहरूको प्रतिनिधिमण्डलले पनि यस सम्बन्धमा सरकार समक्ष आफ्नो धारणा राखेको छ । यहाँबाट फर्किएपछि उनले थाई सरकारलाई आफनो पहलबारे अवगत गराईसकेका छन् ।
कुशीनगर अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पछाडि गरिएका अपेक्षाहरू
लुम्बिनी भ्रमण गर्नका लागि आउने विदेशी पर्यटकहरू कुशीनगर अन्तरराष्ट्रिय विमानस्थल बाट प्रयोग गरुन र लुम्बिनीबाट फर्केर बास बस्न पुन ः कुशिनगर नै जाउन भन्ने उदेश्य सफल बनाउन आवश्यक पर्ने सुविधाजनक बाटोको निर्माणलाई तिब्रता दिइएको हो ।
समाचार एजेन्सीका अनुसार कुशीनगर अन्तरराष्ट्रिय विमानस्थललाई राष्ट्रिय राजमार्ग २८ संग जोड्न चार लेनको सडक निर्माण गरिने भएको छ । यसका लागि ३३ करोड १९ लाख रुपैयाँ खर्च हुनेछ । सडक विभागले काम ६ महिनामा पूरा हुने जनाएको छ । यसको काम गर्ने संस्था पीडब्लुडीले बुधबारदेखि काम सुरु गरेको हो । सडकको कुल लम्बाइ दुई किलोमिटर ३५० मिटर रहेको छ । सवारी आवागमनका लागि नौ मिटर चौडाइको दुई लेन बनाइनेछ ।
सडकको दुवैतर्फ दुई मिटर चौडा ट्र्याक निर्माण गरिनेछ । साथै, ढल निकासका लागि दुवैतर्फ एक मिटर चौडा नाली पनि निर्माण गरिनेछ । यसबाहेक सडकमा सडक बत्ती बाल्नका लागि एक मिटर चौडाइको बीचमा मञ्च तयार गरिनेछ । सडक निर्माण गर्न करिब ६ महिना लाग्ने छ । यो सडक निर्माण भएसँगै विमानस्थलको टर्मिनल भवन सिधै कुशीनगर राष्ट्रिय राजमार्ग–२८ सँग जोडिने छ । जसले गर्दा यात्रुलाई सहज हुनेछ ।
थाई सरकारले बैंककदेखि कुशीनगरसम्म सिधा उडान सुरु गर्ने
करिब डेढ दशकअघि थाई एयरवेजले बैंकक देखि कुशीनगरसम्म सिधा उडान सुरु गरेको थियो । यसका लागि यहाँ आएका थाई राजदूतले सरकारसँग कुरा पनि गरे पनि सो कार्य अघि बढ्न सकेको छैनन । कुशीनगर अन्तरराष्ट्रिय विमानस्थल निर्माणपछि यहाँबाट उडान सुरु भएसँगै थाई सरकारको चासो पनि बढेको छ ।
दुई दिनअघि औपचारिक भ्रमणमा कुशीनगर पुगेको सात सदस्यीय प्रतिनिधिमण्डलले भारत सरकारसँग उडान सुरु गर्न आग्रह गरेको थियो । तर यता गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निरिक्षण गर्न शनिवार विमानस्थल पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको सञ्चालन आफ्नो मुख्य प्राथमिकता रहेको बताउदै विमानस्थल जतिसक्दो छिटो संचालनमा ल्याउने कुरा दोहोर्याए ।
मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मौसम सफा हुने वित्तिकै क्यालिब्रेसन फ्लाइट गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मन्त्री आलेले असन्तुष्टि जनाउँंदै विभागका प्रमुखलाई फोन गरेर ढिला नगर्न निर्देशन दिएका थिए । मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमिन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको भन्दै आयोजना प्रमुख प्रवेश अधिकारी संग प्रश्न समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै