zoom học trực tuyến trên pc zoom app for prisoners zoom events download drag zoom pro extension free download zoom free download windows zoom pcmレコーダー - zoom pcmレコーダー zoom login my account - zoom login my account how do you use the zoom app

सिसिएमसीकै सिफारिस अनुसार शिक्षा मन्त्रालयले माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय

   २६ पुष २०७८, सोमबार १४:००  

काठमाडौं, २६ पुस । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै माघ १५ गते सम्म विद्यालयहरु बन्द गर्ने सिसिएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसार सूचना जारी गर्ने बताए । देशभरीकै विद्यालयहरु बन्द गर्ने सम्बन्धमा मन्त्रालय गम्भीर भई सोमवार नै सूचना जारी गर्ने तयारीमा छौं शर्माले भने ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै