ऋणको पासोमा श्रीलंकालाई फसाएको आरोप लगाउदै श्रीलंकाली सासद बिजेयादासा राजापाक्षेले चिनियाँ राष्ट्रपति सि जिंनपिंगलाई सनसनीपूर्ण सन्देश पठाए

583 Shares

रौतहट, २६ पुस । श्रीलंकाली साँसद एवं पूर्व शिक्षा मन्त्री बिजेयादसा राजापाक्षेले चिनियाँ ऋणको पासोमा आफ्नो मुलुकलाई फसेको आरोप लगाउँदैे चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण सन्देश पठाएका छन् ।
इकोनोमिक टाइम्सको अनुसार श्रीलंकाको सत्तारुढ दलका सांसद एवं पूर्वशिक्षा मन्त्री राजापाक्षेले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको सन्देशमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको ऋण एवं परियोजनाबाट आफ्नो मुलुक ऋणको चरम पासोमा परेको बताएका हुन् ।
विजेयादसाले हालको सत्तारुढ दल र महिन्दा राजापाक्षेको नेतृत्वमा रहेका यसअघिका सरकारले श्रीलंकालाई बीआरआई अन्तर्गतको ऋण तथा परियोजनाको पासोमा पारेको पनि आरोप लगाए । त्यस्तै, कोलम्बो र बेइजिङबीच भएका सहमतिले भ्रष्टाचारको मार्ग प्रशस्त रुपमा कोरेको आरोप उक्त सन्देशमा उल्लेख छ ।
त्यती मात्रै नभई चिनियाँ मित्रता साँचो र इमान्दारीपूर्ण बन्न छोडेको भन्दै बेइजिङले श्रीलंकालाई अन्य राष्ट्रसँगको शक्ति संघर्षको शिकार बनाएर हिन्द महासागरीय क्षेत्रलाई अशान्त पारेको आरोप लगाइएको उल्लेख गरिएको छ ।
“चिनियाँ राष्ट्रपति जिनपिंगलाई भने तपाईंको मुलुकले सुरुमा हाम्रो मुलुकलाई आर्थिक हिसाबले टाट पल्टाउन थाल्यो” सन्देशमा भनिएको छ, सन् २००५ को नोभेम्बरमा महिन्दा राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएपछि हम्बनटोटा बन्दरगाह रोकियो र पछि नयाँ समझदारी सहित यसलाई पुनः सुरु गरियो ।
सन्देशमा अन्य ऋणदाताबाट ०.०१ देखि १ प्रतिशत दरमा ऋण उपलब्ध हुने भएपछि महिन्दा राजापाक्षेले ६ प्रतिशत ब्याजदर चिनियाँ ऋण लिएको आरोप पनि लगाइएको छ । यसबाहेक, विजेयादसाले सीलाई लेखेको सन्देशमा चीनमाथि कोभिड १९ को खोपका लागि थप रकम लिएको तथा गुणस्तरहीन मल आपूर्ति गरेर श्रीलंकाली किसानलाई धेरै नोक्सानी पारेको आरोप लगाएको छ । जनवरीमा लेखिएको उक्त सन्देश यसै हप्ता चिनियाँ विदेश मन्त्रीको श्रीलंका भ्रमणपूर्व नै राष्ट्रपति सीलाई पठाइएको इकोनोमिक टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार