–फलामका रड बाहिरिए, पुल भत्किने चिन्ताः गौर–पिपरा सडकमा दुर्घटनाको उच्च जोखिम
–सडक चम्कियो, पुल जीर्णैः झाँझ पुल तत्काल मर्मत गर्न स्थानीयको कडा माग
रौतहट, १८ साउन । दैनिक हजारौं यात्रुहरु हिड्ने सडकखण्डमा पर्ने झाँझ खोला माथि बनाइएको फलामे पुलको डण्डीहरु बाहिर निस्किएपनि जोखिमपूण यात्रा गर्न यात्रुहरु बाध्य छ रहेपनि सम्बध निकायको ध्यान पुग्न सकेका छैनन् ।
रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत पर्ने झाँझ नदीमाथि रहेको फलामे पुल जीर्ण बन्दै गएपछि स्थानीयवासीले तत्काल प्राविधिक निरीक्षण गरी मर्मत तथा आवश्यक परे नयाँ पुल निर्माण गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।
पुलको अवस्था दिनप्रतिदिन कमजोर बन्दै जाँदा दैनिक हजारौँ सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
स्थानीयका अनुसार पुलको अधिकांश भागमा कङ्क्रिट उप्किएर फलामका रड बाहिर निस्किसकेको अवस्था छ । विशेषगरी मोटरसाइकल र साइकल, चार पाँग्रे सवारी साधनका चालकलाई उच्च दुर्घटनाको जोखिम रहेको उनीहरु बताउँछन् ।
तटबन्ध बचाउ अभियान रौतहटका अध्यक्ष देवेन्द्र मिश्रले पटक–पटक साना–ठूला दुर्घटना भइरहे पनि सम्बन्धित निकायले प्रभावकारी चासो नदिएको भन्दै दुःख व्यक्त गरे । मिश्रका अनुसार गौर–पिपरा सडक जिल्लाकै व्यस्त सडकहरू मध्ये एक हो । यस मार्गबाट दैनिक सर्वसाधारण, कर्मचारी, विद्यार्थी, व्यापारी, सुरक्षा निकायका सवारीसाधन, जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समेत ओहोरदोहोर गर्ने भए पनि पुलको जीर्ण अवस्था प्रति कसैको गम्भीर ध्यान नपुग्नु ठूलो विडम्बना रहेको उनले बताए ।
दुर्गाभगवती गाउँपालिका–५ का स्थानीय बैद्यनाथ सहनीले पुलको दुवै तर्फका सडक पटक–पटक कालोपत्रे र स्तरोन्नति गरिए पनि पुल भने वर्षौ देखि मर्मतविहीन अवस्थामा रहेको गुनासो गरे । सडक राम्रो भए पनि पुल जीर्ण हुँदा सम्पूर्ण सडक सञ्जालको सुरक्षामाथि नै प्रश्न उठेको उनको भनाइ छ ।
स्थानीयवासीले समयमै मर्मत नगरे पुलमा थप क्षति पुग्ने र ठूलो मानवीय तथा भौतिक दुर्घटना हुन सक्ने चेतावनी दिए । पुलमा गम्भीर क्षति पुगे गौर, पिपरा तथा सर्लाही आसपासका क्षेत्रका नागरिकको दैनिक आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य सेवा तथा आपतकालीन उद्धार कार्यसमेत प्रभावित हुने उनीहरूको भनाइ छ ।
स्थानीयले सडक डिभिजन कार्यालयको निन्द्रा कहिले खुल्ने हो ? पुलको जिर्णोद्धार कहिले सम्म हुने हो भने समेत प्रश्न गरे ।
उनीहरूले “दुर्घटना भएपछि होइन, दुर्घटना हुनुअघि नै सरकार गम्भीर बन्नुपर्छ“ भन्दै शीघ्र पहल गर्न अपिल गरे ।
स्मरण रहोस, रौतहट निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गत क र ख बाट नागेन्द्र साह स्वास्थ्य मन्त्री तथा ख बाट कृष्ण प्रसाद यादव मुख्यमन्त्री रहेपनि यस क्षेत्रमा रहेका फलामे पुलको अवस्था जसकी तस नै रहेका छन् । सडक चिल्ला बनाइयो तर पुलको स्तर उहि पुरानो पारामा रहदा दुर्घटनाको उच्च जोखिम रहेपछि स्थानीय बासिन्दाहरु चिन्ता व्यक्त गर्न बाध्य भएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन