सर्लाही, १८ साउन । सर्लाहीको नवलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरीलाई प्राप्त भएको विशेष सूचनाका आधारमा लालबन्दी नगरपालिका–१ नबलपुर स्थित सोमवार विहान ५ बजेको समयमा गरिएको सप्र्राइज चेकजाँचका क्रममा पूर्वतर्फ आउँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कारको डिक्कीबाट एक क्विन्टल ९ किलोग्राम बाँजा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले कार चालक भारतको बिहार सितामढीका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको बताए ।
प्रहरीले बरामद गरेको गाँजा, कार सहित दुवै जनालाई नियन्त्रणमा राखिएको छ । दुबै जनालाई लागुऔषध ओसारपसार ऐन अन्तर्गत न्यायीक हिरासतमा राख्न सर्लाही जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिएर अनुसन्धान जारी रहेको डिएसपी गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन