रौतहट, २६ पुस । भारतको उत्तर प्रदेश सरकारले नेपाल संग जोडिएका सात वटा जिल्लाका मतदान केन्दहरुलाई सम्बेदनशील घोषणा गरेको छ ।
उत्तर प्रदेशमा हुन लागेको विधान सभाको निर्वाचनको मध्य नजर राख्दै नेपाल संग सिमा जोडिएका पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशिल जिल्लाको मतदान केन्द्रहरुलाई मानेर घोषणा गरेको हो ।
उत्तर प्रदेशमा कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यी मध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् । तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् ।
उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ । निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र कायम गरिएको छ । ति मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ ।
भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्यमा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ । उनीहरूले निर्वाचनमा कुनै न कुनै तवरबाट प्रभावित पार्न सक्ने भएकाले उनीहरू माथि कडा निगरानी राख्दै प्रहरीले राखेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन