छानविन समितिले काम सुरु गर्नु अगावै वर्दिबासबाट २ प्रहरीलाई सोधपुछको जलेश्वर तानियो

   १६ मंसिर २०७७, मंगलवार १६:२६  

रौतहट, १६ मंसिर । महोत्तरीको बर्दिवास काण्डमा गोली चलाएको आरोप लागेका प्रहरी नायव निरीक्षक सहित २ जना प्रहरीलाई आवश्यक सोथपुछको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बोलाइएको छ ।
बालिका संग बलात्कार गरी हत्या गरेको विरोधमा अक्रोशित स्थानीय बासिन्दाहरुले गरेको उग्र प्रदर्शनलाई रोक्नका निमित्त प्रहरीले बल प्रयोग गर्दा समेत प्रदर्शन नरोकिदा दर्जनौ राउण्ड टियरग्यास र गोली चलाउँदा एकजना सर्वसाधारणको मृत्यु भएपछि प्रहरी नायव निरीक्षक विरेन्द्र सिंह र प्रहरी हबलदार फुलगेन मण्डललाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा आवश्यक सोधपुछको लागि तानिएको महोत्तरीका एसपी टिका केसीले बताए ।
इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र प्रहरी हवल्दार मण्डल संग उक्त घटनामा गोली कसरी चल्यो र अवस्था प्रकृति वारे आवश्यक सोधपुछको लागि बोलाइएको हो उनीहरुलाई जिल्ला तानिएको होइन द हिमालयन टाइम्स संग कुरा गर्दै एसपी केसीले जानकारी दिए । अन्य विषय बस्तुमा गृह मन्त्रालयबाट छानविन समिति गठन भईसकेको हुँदा समितिको रिपोर्टको प्रतिक्षा गर्न आग्रह गरे ।
गत मंसिर ७ गते बर्दिवास नगरपालिका १४ शुभम बस्तीका सहिद आलमको ६ वर्षीया गुलाब साह खातुनलाई बलात्कार गरेर हत्या गर्ने महोत्तरी कै गौशाला नगरपालिका वडा नम्वर ५ का अरुणकुमार साहको कर्तुतबाट स्थानीय बासिन्दाहरु आक्रोशित भई उग्र प्रदर्शनमा उत्रिदा प्रहरीले गोली चलाउनु परेका थिए । गोली लागेर स्थानीय बद्धिराज भनिने सञ्जय न्यौपानेको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
गृह मन्त्रालयको टोली छानविन सुरु
६ बर्षिया बालिका खातुनलाई बलात्कार पछि हत्या गरेको विषयलाई लिएर स्थानीयद्धारा गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको घट्नालाई बस्तविक कुरा पत्ता लगाएर रिपोर्ट बुझाउन गृह मन्त्रालयको उप सचिव रुद्र पंडितको संयोजकत्वमा गठित छानविन समितिले मंगलवार देखि काम सुरु गरेको छ ।
गृह मन्त्रालयका उपसचिव पण्डित संगै समितिको सदस्यमा अनुसन्धान कार्यालय धनुषाका एसपी अभिनय सिंह र प्रदेश प्रहरी कार्यालय, जनकपुरका एसपी कृष्ण प्रसाइँ सहितको तिन सदस्यीय टोलीले आजबाट छानविन सुरु गरेको समितिका एक सदस्यले जानकारी दिए ।
वर्दिवास घटना किन र कसरी भयो सम्बन्धमा घटनास्थलबाट छानविन सुरु गरिएको तथा समितिले चाँडै छानविन गरेर गृह मन्त्रालयमा आफनो रिपोर्ट बुझाउने उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै