समयमा मुद्दा छिनोफानो नहुँदा करोडौको काठहरु कुहिदै रौतहटको वन क्षेत्रमा

1086 Shares

तराई टप
रौतहट, २७ पुस । डिभिजन वन कार्यालयको विभिन्न क्षेत्रमा थन्काइएको करोडौंको काठहरु कुहिदै गएको छ ।
डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक बस्ने स्थान सहित विभिन्न स्थानहरुमा थन्काएर राखिएको करोडौको काठहरु कुहिएर खेर हुदै गएको हो ।
डिभिजन कार्यालयको मुख्य गेट छिर्ने बितिक्कै दायां÷बायां कुनामा हेर्ने हो भने बर्केल्ती जसरी काठ कुहीदै गएको देख्न सकिन्छ । उक्त काठ यो बर्षको नभई बिगत २० बर्ष भन्दा बढी समय देखी बहुमुल्य साल लगायतको विभिन्न जातको काठहरु कुहिदै गएका छन् जसले गर्दा नेपाल सरकारको करोडौ राजस्व गुम्दै गएको छ ।
डिभिजन वन कार्यालयका तत्कालीन प्रमुख अर्जुन केशीको पालामा धन्सार वनक्षेत्रमा ढलापडा संकलनको नाममा ठेकेदारले नियम बिपरित सालको गोलीया टुœयाएर दाउरा बनाउन लागेको अवस्थामा जानकारी पाउना साथ झण्डै ४ हजार क्यूफिट काठ नियन्त्रणमा लिई राख्दा ति काठहरु अहिले कुहीएर कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । बिस बर्ष अघि उक्त काठको मुद्दा चले पछि सशस्त्र वन रक्षकको कम्पाउण्डमा त्यतिकै राखीएको थियो ।
समयमा मुद्दाको छिनोफानो नहुदा थन्काइएको काठ कुहीन थालेको छ । ठेकेदारले काचो सालको रुख काटेर अनियमितता गरेको थियो । यस्तै बलरीखोरको जंगलबाट एक सय वटा टायरगाडा सहित बरामद गरेको सालको गोलीया पनि कुहीएको छ । टायर र गोलीया एकै साथ कुहीएको हो ।
डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादबले तत्कालिन समयमा बरामद भएको काठ सहितको मुद्दाहरुको छिनोफानो नहुदा काठ लिलाम बिक्रि नसकिएको विवशता सुनाए । “धेरै जसो काठहरु बेबारिसे फेला पर्ने गर्दछन्, तस्कर फरार भए पछि मुद्दाको छिनोफानो गर्न गा¥हो हुन्छ,” उनले भने । काठहरु कुहिनुको प्रमुख कारण यही हो, यसैले गर्दा करोडौंको काठ रौतहटमा कुहिदै गएका छन् । पुराना काठहरुको छिनोफानो नहुँदा कुहिदै गएको काठको लगत तयार गरिरहेको जानकारी दिए ।
प्रमुख यादवको अनुसार डिभिजवन वन अन्तरगत अहिले ८ वटा सव डिभिजनहरु रहेको छ । सबैको कम्पाउण्डमा हेर्ने हो भने ठुलो परिमाणमा साल, कुकाठ लगायत जातका गोलीयाहरु कुहिएर कामै नलाग्ने भएको छ । २०६२ साल यता झण्डै १० हजार क्यूफिट काठ कुहिदै गएको पाइएको वन कार्यालयको तथ्याँकले देखाएको छ ।
वन प्रमुख निवास र शसस्त्र वनरक्षकको कम्पाउण्डमा अहिले पनि काठ सहित ४ सय १९ वटा ट्रक, ट्रयाक्टर, जिप, मिनिबस, टायरगाडा, मोटरसाईकल र साईकलहरु कुहिदै गएको छ । काठ र सबारीहरु समयमा बिक्रि गरेको भए राज्यले झण्डै ७ करोड भन्दा बढी राजस्व संकलन हुने थिए वन कार्यालय श्रोतले बतायो ।
काठ र सबारीको हकमा मुद्दा छिनोफानो नहुदा समस्या आएको ति श्रोतको भनाई छ । जिल्ला अदालत गौरमा समेत बेबारिसे काठ र सबारीको मुद्दा छिनोफानो हुन नसकेको छैनन । वन कार्यालय प्रदेश सरकारको मातहता गईसकेको छ । वनले चोरी तस्करीबाट बरामद गर्ने काठ, र सबारीको हकमा २ लाख भन्दा कम आफैले मुद्दा चलाउन सक्छ । ऐनले यो अधिकार डिभिजन वनलाई दिएको छ । तर मुद्दाको फैसला संघ अन्तरगतका प्रमुखले गर्ने अधिकार रहेकोले समस्या झनै जटिल बनेको निमित्त प्रमुख यादवले बताउँछन् ।
अदालतबाट तस्करीमा संलग्न अधिकाश धरौटीमा रिहा भए पनि काठको हकमा फैसला हुन सकेको छैनन् । सरकारले वनको वैज्ञानिक व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा करौडौको महंगो काठ दाउरा कुहिदै गएको हो । सालको बजार मुल्य अहिले ४ हजार बढी छ । पछिल्लो समय ठेकेदारले बाहिर देशबाट सालको ठुलो परिणामको काठ नेपाल भिœयाएका थिए ।
काठ ब्यवसायीहरुले चिन, भारत, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्यालढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात गरेको पाइन्छ तर आफनै देशमा संकलन भएको काठ त्यतीकै थन्काएर कुहिन बाध्य बनाइए पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको स्थानीय चन्द्रपुरका बासिन्दा भरत आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार