दाँगको घोराहीमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण सभा

307 Shares

घोराही (दांग), २७ पुस । दांगको घोराहीमा गैर दलित बाहुन क्षेत्रीहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण सभा भएको छ ।
जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले अहिले पनि दलितहरु माथिको अत्याचार नरोकिएको दलित आन्दोलनले जस्तो सुकै मूल्य चुकाउन अब पछि नहट्ने चेतावनी दिए ।
अभियानका पुर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर गरे । जागरण अभियानका दांग जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उदघोषक गैरदलित समुदायबाट सशक्त समाजिक अभियनता विष्णु देवकोटाले गरेका थिए ।
दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने दलित अगुवाहरुको चेतावनी
कार्यक्रममा प्रेम विश्वकर्मा, जोगिन्दर बिश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका सहभागी रहेका थिए । हजारौंको संख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किने गरी बाजागाजा सहित नगर परिक्रमा गर्दै सभास्थल पुगेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कलाको प्रस्तुति प्रस्तुत भएको थियो । उक्त जागरण सभामा गैरदलित समुदायबाट सुनिल देवकोटा, प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, शंकर डाँगी लगायतको सहमभागिता समेत थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार