0
Shares
सिराहा, २० साउन । सिराहाको लहान नगरपालिका–२२ सलोखरीबाट नाइन एमएमको पेस्तोल र म्यागेजिन सहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेक जाँचका क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार चेकजाँचका क्रममा स्थानीय २० वर्षीय सर्वजित दासले लगाएको पाइन्टको दाहिने गोजीबाट नाइन एमएम पेस्तोल बरामद भएको जनाइएको छ ।
घटनास्थलमा सर्वजितसँगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर हातहतियार कसुर तर्फ कारावही सुरु गरिएको डिएसपी पालले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन