रौतहट, २० साउन । मुलुकभरी एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरी आजै देखि परिचालन गरेको छ ।
उपभोक्ताहरुले ग्यास नपाउने अवस्था आउन नदिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशन पछि निगमले यसप्रकारको विशेष ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ टोली गठन गरेको हो ।
निगमका अनुसार टोलीमा उद्योग मन्त्रालयका मंगल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका आयुस नेपाल र कुलप्रसाद राई सहितको सदस्य रहेका छन् । टोलीले देशको जुनसुकै क्षेत्रमा ग्यास अभाव वा वितरणमा समस्या देखिए तत्काल सम्बन्धित निकाय, उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी समस्या समाधान गर्ने जिम्मेवारी तोकिएका हुन् ।
पछिल्लो समय काठमाडौं, पोखरा, सिराहा, रौतहट सहित विभिन्न जिल्लाबाट एलपी ग्यास नपाएको गुनासो बढ्न थालेपछि निगमले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन यो कदम चालेको जनाए ।
निगमले उपभोक्तालाई ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या परे कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरेका छन् । हटलाइनमा प्राप्त गुनासो माथि क्यूआरटीले तत्काल आवश्यक पहल गरी उपभोक्ता सम्म ग्यासको सहज आपूर्ति सुनिश्चित गर्ने निगमले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन