एतिहासिक, मौलिकता झल्किने गरी मौलापुर बजार स्थित विभिन्न चोकको नामाकरण गरियो

   २७ पुष २०७८, मंगलवार १९:४०  

मौलापुर (रौतहट), २७ पुस । मौलापुर नगरपालिकामा अवस्थित रहेको मौलापुर बजारको विस्तार संगै विभिन्न चोकको नामाकरण गरिएको छ ।
मौलापुर नगरपालिका कार्यपालिकाको मंगलवार बसेको बैठकले त्यस क्षेत्रमा अवस्थित रहेका एतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा विभिन्न चोकहरुको नामाकरण गरिएको हो ।
युवा नेता एवं त्यस क्षेत्रका साँसद समेत रहिसक्नु भएका प्रभु साहको प्रमुख उपस्थितिमा विभिन्न चोकको नामाकरण गरेर बोर्डÞहरु स्थापना झुण्डयाइएका छन् ।
मौलापुर बाजारको बिस्तार संगै बिकास भएको नयाँ नयाँ चौकहरुको नाम नभएर आमजनतालाई अन्यौलता भईरहेको स्थितलाई चिर्दै मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न नामहरु राखेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै