रौतहट, २० साउन । रौतहटका विभिन्न पालिकाको गाउँमा बाख्रा तथा अन्य घरपालुवा जनावरमाथि आक्रमण गर्दै स्थानीयमा त्रास फैलाइरहेका रहस्यमय जनावर अन्ततः सिकारी कुकुर रहेको तथ्य सार्वजनिक भएको छ ।
डिभिजन वन कार्यालय रौतहटको आग्रहमा चितवनबाट आएको प्राविधिक टोलीको सहयोगमा औरैया क्षेत्रमा राखिएको विशेष ट्र्यापमा सिकारी कुकुर परेपछि लामो समयदेखि रहस्यमय बनेको घटनाको तथ्य सार्वजनिक भएको हो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरका अनुसार पछिल्लो एक महिना देखि गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न बस्तीमा रातिको समयमा अज्ञात जनावरले खोरमै पसेर बाख्रा तथा अन्य घरपालुवा जनावर मार्दै आएको थियो । विशेषगरी गरुडा–१ जयनगर क्षेत्रमा लगातार रुपमा भएका आक्रमणपछि स्थानीयवासी निकै त्रसित बनेका थिए ।
घटनास्थलमा भेटिएका पदचिह्न, आक्रमणको शैली तथा अन्य प्राविधिक प्रमाणको विश्लेषण पछि अनुसन्धान टोलीले सिकारी कुकुर माथि शंका गरे । त्यसपछि डिभिजन वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेपछि आज बल्ल शिकारीलाई ट्र्यापमा पर्न सफल भएको छ ।
प्राविधिक टोलीले राखेको विशेष ट्र्यापमा शिकारी कुकुर परेपछि घटनाको रहस्य खुलेको वन कार्यालयले जनाए । ट्र्यापमा परेको कुकुरको थप प्राविधिक परीक्षण भइरहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा उक्त शिकारी कुकुर भारतको बिहारबाट नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।
वन कार्यालयले स्थानीयवासीलाई अझै पनि सतर्क रहन, घरपालुवा जनावरको सुरक्षा बढाउन तथा शंकास्पद जनावर देखिएमा तत्काल वन कार्यालय वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन