लालबकैयाको बाढीको असरः राजपुर तार्फ जाने लचका ओभरफ्लो हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

0 Shares

रौतहट, २१ साउन । रौतहटको राजपुर नगरपालिका क्षेत्रमा लालबकैया खोलाको बाढीले हुलाकी राजमार्ग डुबानमा परेपछि सर्वसाधारण ज्यानको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।
राजपुर नगरपालिका अन्तर्गत फतुवा पुल पश्चिम तर्फको लचकामा लालबकैयाले फालेको बाढीको पानी सडकमाथि ओभरफ्लो भई बगिरहेपनि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू जोखिमपूर्ण रूपमा सडक पार गरिरहेका हुन् ।
उक्त सडक हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड भएकाले दैनिक सयौं सवारी साधन र यात्रु त्यही बाटो प्रयोग गर्छन् । तर वर्षायाममा बाढीले सडक डुबाउँदा यात्रा निकै जोखिमपूर्ण बन्ने गरेको छ । वैकल्पिक मार्गको अभावका कारण नागरिकसँग जोखिम उठाएर यात्रा गर्नुको विकल्प छैन ।
बाढीको बहाव बढेपछि दुर्घटनाको जोखिमसमेत बढेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुक्ष्म निगरानी राखिरहेको हुँदा थप जोखिम भएमा बाटो बन्द गराउने समेत बुझिएको छ ।
वर्षा निरन्तर भइरहेकाले लालबकैयाको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको छ । त्यसैले स्थानीय प्रशासनले नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
स्थानीयवासीले हरेक वर्ष दोहोरिने यस्तो समस्याको दीर्घकालीन समाधानका लागि सडकको सतह उचाल्ने, प्रभावकारी निकास व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।