रौतहट, २१ साउन । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा जनरल सेठलाई नेपाल–भारतबीचको दशकौँ पुरानो सैन्य परम्परा अनुसार मानार्थ महारथी (जनरल) को प्रतिष्ठित दज्र्यानी चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ । उक्त सम्मान दुवै देशका सेना प्रमुखलाई एकअर्काको मुलुकले प्रदान गर्ने विशेष परम्परा चलिआएको छ ।
गत असार १५ गते (जुन ३०) भारतीय सेनाको ३१औँ सेनाप्रमुखको जिम्मेवारी सम्हालेका जनरल सेठको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा नेपाल र भारत बीचको सामरिक सहकार्य, सुरक्षा साझेदारी, सैनिक तालिम, अनुभव आदान–प्रदान तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।
जनरल सेठको नेपाल भ्रमणले दुई देशबीचको ऐतिहासिक सैन्य सम्बन्ध, आपसी विश्वास र रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन