इस्लामाबाद, २१ साउन । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङमा गर्नमा नयाँ प्रतिबन्ध लागु गरेपछि पत्रकार संगठनहरु तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले यसको कडा आलोचना गरेका छन् ।
नयाँ निर्देशिका अनुसार विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने जो–कोही, चाहे उनी पाकिस्तानी नागरिक नै किन नहोस, इस्लामाबाद, कराँची र लाहोर बाहेक अन्य कुनै पनि स्थानबाट समाचार संकलन वा रिपोर्टिङ गर्नु अघि सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएपछि सरकारी कदमको आलोचना भईरहेका हुन् ।
यसप्रकारको व्यवस्थासँगै पाकिस्तानका अधिकांश क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको स्थलगत रिपोर्टिङ सरकारी स्वीकृति र प्रशासनको निर्णयमा निर्भर हुने छ । जसबाट प्रेस स्वतन्त्रताको अवस्था मापन गर्ने विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा पाकिस्तान १८० देशमध्ये १५८औँ स्थानमा रहेको छ ।
राजनीतिक विश्लेषक मुस्तफा नवाज खोखरले नयाँ निर्देशिकाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमको स्वतन्त्र रूपमा काम गर्ने वातावरणलाई थप संकुचित बनाएको टिप्पणी गरे । उनका अनुसार स्थानीय सञ्चारमाध्यम माथि पहिले देखि नै दबाब रहेकामा अब अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पनि त्यसको प्रभावमा पर्ने अवस्था सिर्जना भएको दाबी गरे ।
खोखरले निष्पक्ष समाचारका लागि धेरै नागरिकले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम माथि भरोसा गरिरहेको उल्लेख गर्दै यस्ता प्रतिबन्धले गलत सूचना र फेक न्यूज फैलिने जोखिम झन् बढ्ने चेतावनी दिए ।
यता पाकिस्तान सरकारले भने गत आईतबार जारी गरिएको निर्देशिकाको उद्देश्य सञ्चारमाध्यम माथि नियन्त्रण लगाउनु नभई विदेशी सञ्चारकर्मीको प्रमाणीकरण, समन्वय र रिपोर्टिङ प्रक्रियालाई व्यवस्थित बनाउने प्रशासनिक प्रणालीको विकास गर्नु मात्रै रहेको प्रष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन