साढे ९ किलो चाँदीको गहना सहित खाती पक्राउ

   २७ पुष २०७८, मंगलवार १९:५४  

जनकपुरधाम, २७ पुस । जिल्ला प्रहरी कार्यालय धनुषाले चाँदीबाट बनेको विभिन्न गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ५ बाट सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ५ शिवालय टोल बस्ने बर्ष ३० का कुमार खातीलाई चाँदीबाट बनेको गहना सहित धनुषा प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नं. १÷ १–०२–०४५ प ८२७ नम्वरको मोटरसाइकलमा सवार खातीलाई चेकजाँचको क्रममा ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना सहित १लाख १२ हजार ६ सय रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । बरामद गरिएको चाँदीको मूल्य ७ लाख ८३हजार २९८ रुपैया रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका ५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका(५ शिवालय टोलका ३० बर्षीय कुमार खातीलाई चाँदीको विभिन्न गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदेश नं। १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार
पक्राउ परेका खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै