रौतहट, २२ साउन । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटनाले भयाभय रुप लिदै गएका छन् ।
पछिल्ला पाँच वर्षमा मात्रै प्रदेशभरीमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको तथ्यांक सार्वजनिक भएपछि चोरीको घटनाले भयाभय रुप लिदै गएका हुन् ।
चोरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै किसानले समयमा सिँचाइ गर्न नपाएर ठूलो सास्ती व्यहोर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मर भित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढ्दै गएको हो ।
प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी महोत्तरीमा ३५ वटा ट्रान्सफर्मर चोरी भएको छ । त्यसपछि बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा ९÷९, सप्तरीमा ३ तथा पर्सामा २ वटा ट्रान्सफर्मर चोरी भएको हो । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीए देखि २०० केभीए सम्म रहेको प्राधिकरणले जनाए ।
ट्रान्सफर्मर चोरीको प्रत्यक्ष मार किसानमाथि परेको छ । सिँचाइका लागि आवश्यक विद्युत् आपूर्ती नपाउँदा समयमा खेतमा पानी लगाउन नसकेको भन्दै किसानले दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरे ।
यता, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा दोषीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको र अनुसन्धान तीव्र रूपमा अघि बढाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन