साउदी पठाइदिने भन्दै साढे ७ लाख ठगी ! धनुषाका पाँच युवा अलपत्र, तीन जनाविरुद्ध महोत्तरीमा उजुरी

0 Shares

महोत्तरी, २२ साउन । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै साढे ७ लाख हजार ठगी गरेको आरोपमा तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी उजुरी दर्ता भएको छ ।
धनुषाका पाँच युवाले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम असुलेर अलपत्र पारिदिएको भन्दै साउन १ गते ठगी तथा विश्वासघात सम्बन्धी किटानी उजुरी दर्ता गराएको हो ।
उजुरीमा महोत्तरीको जलेश्वर नगरपालिका–१ का राजेश महरा, उनकी श्रीमती मञ्जु देवी तथा एकडारा गाउँपालिकाका जोगिन्द्र महरालाई विपक्षी बनाएर उजुरी दर्ता गराएको छ । उजुरी दिनेहरूमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ लक्ष्मीपुर बगेवाका अनिल कुमार महरा, दीपेन्द्र मण्डल, संजिप महरा, मुकेशकुमार राम तथा महोत्तरी गाउँपालिका–१ पर्साका ललितकुमार महरा रहेको बताइएको छ ।
पीडितहरूका अनुसार आरोपितहरूले साउदी अरबको प्रतिष्ठित कम्पनीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिलाइ दिने प्रलोभन एवं आश्वासन दिएर पहिलो चरणमा २०८३ असार ११ गते प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँ उठाई बुटवल स्थित एक मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए ।
त्यसपछि असार २४ गते भिसा आइसकेको भन्दै प्रतिव्यक्ति थप १ लाख देखि १ लाख १० हजार रुपैयाँ बुझाउन लगाइएको उजुरीमा उल्लेख छ । पीडितहरूको दाबी अनुसार मञ्जु देवीको नाममा रहेको प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाको खातामा प्रतिव्यक्ति १ लाख ५० हजारका दरले जम्मा ७ लाख ५० हजार रुपैयाँ जम्मा गराइएको थियो ।
रकम बुझाएपछि काठमाडौं बोलाइए पनि वैदेशिक रोजगारीका लागि कुनै प्रक्रिया अघि नबढाई तीन दिनसम्म अलपत्र पारिएको र अन्ततः घर फर्किन बाध्य बनाइएको उनीहरूको आरोप छ । त्यसयता आरोपितहरू सम्पर्क विहीन रहेको उजुरीमा उल्लेख गरिएको छ ।
पीडितहरूले आरोपितको कार्य ठगी, आपराधिक विश्वासघात तथा अनुचित लाभ लिने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै निष्पक्ष अनुसन्धान, तत्काल पक्राउ, कानुन बमोजिम कारवाही तथा ठगी भएको ७ लाख ५० हजार रुपैया ब्याज सहित फिर्ता गराइदिन उजुरीमा माग गरिएको छ । उजुरी सँगै उनीहरूले राहदानीको प्रतिलिपि र बैंकमा रकम जम्मा गरेको रसिद समेत प्रमाणका रूपमा पेश उजुरीमा पत्रमा समावेश गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले उजुरी परेपछि आरोपितहरू सँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनीहरू सम्पर्कमा नआएको र घरमा खोजी गर्दा पनि फेला नपरेको बताए ।
उनका अनुसार उजुरी परेको जानकारी पाएपछि उनीहरू फरार भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले आरोपितहरूको खोजी कार्य तीव्र बनाएको र पक्राउ परेपछि ठगी मुद्दामा जाहेरी दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।