“काठ तस्करको नयाँ ‘जुगाड’, सालको गोलिया बोक्न साइकल नै मोडिफाइ गरेर काठ ओसार्दै गरिरहदा पक्राउ

0 Shares

रौतहट, २२ साउन । कुनै वेला चार कोशे झाडीको रुपमा प्रख्यात रहेका रौतहटको वन क्षेत्रबाट चोरी तस्करी ह्वातै बढेपछि यहाँका वन क्षेत्र दिनप्रतिदिन साँघुरिदै गएका छन् ।
वन साँघुरिदै जानुका पछाडी प्रमुख तिन वटा कारक तत्वहरु रहेको छ । पहिलो कारक तत्व वन क्षेत्रका जग्गा अतिक्रमण गरेर बस्तीको रुपमा विस्तार गर्नु, दोश्रो अबैध रुपमा बहुमूल्य रुखहरु कटान गरेर चोरी तस्करी गरिनु तथा तेश्रो सयौं हेक्टर वनको जग्गामा बस्ती विस्तार भई त्यहाँ राज्यको लगानी भएको प्रमुख कारक तत्व रहेको पाइएका हुन् ।
राष्ट्रिय धरोहर एवं सम्पत्तीलाई बेचविखनको साधनमा प्रयोग गरिदै जानु र अबैध रकम कमाउने दाउका कारण रौतहटको वन दिनप्रतिदिन उजाड बन्दै गएको विज्ञहरु बताउँछन् ।
यसैक्रममा वन गस्ती टोलीले काठ चारीमा सवारी साधनलाई मोडिफाइ गरेर प्रयोग भईरहेको बरामद भएका केही सवारी साधनबाट पत्ता लागेको छ ।
वन क्षेत्रबाट काठ चारी निकासी गर्न पल्केका काठ तस्करहरूले अब काठ ओसार्न साइकललाई नै विशेष रूपमा परिमार्जन (मोडिफाइ) गरेर प्रयोग गर्न थालेको तथ्य सार्वजनिक भएको छ । सालको गोलिया बोक्न मिल्ने गरी साइकलको पछाडिको भाग फराकिलो र मजबुत बनाइएको अवस्थामा वन गस्ती टोलीले काठसहित बरामद गरेको छ ।
चोचा सब–डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले आज बिहान करिब ३ बजेको समयमा गुजरा नगरपालिका–२ मैढा क्षेत्रमा गस्ती गर्ने क्रममा साइकलमा साल गोलिया लोड गरी वन क्षेत्रबाट बाहिर ल्याउँदै गरेका तस्करहरूलाई देखे । गस्ती टोली नजिकिएपछि तस्करहरूले काठ र साइकल घटनास्थलमै छाडेर फरार भए ।
वन गस्ती टोलीले घटनास्थलबाट सालको एक थान गोलिया, ६.९६ क्युबिक फिट काठ तथा काठ ओसार्न विशेष रूपमा परिमार्जन गरिएको साइकल बरामद गरेको छ । बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया अघि बढाउन चोचा सब–डिभिजन वन कार्यालयमा राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको वन कार्यालयले जनाए ।
तस्करहरूले हरिया रुख काटेर गोलिया बनाउने, त्यसलाई विभिन्न आकारमा विभाजन गर्ने र रातको अन्धकारमा विभिन्न साधन प्रयोग गरी वन क्षेत्रबाट बाहिर निकाल्ने गरेको पाइएको छ । पछिल्लो घटनाले तस्करहरूले आफ्नो शैली समय अनुसार परिवर्तन गरेको बुझिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरले अनुसार काठ चोरी–तस्करीमा संलग्न समूहहरूले समय र परिस्थिति अनुसार नयाँ–नयाँ उपाय अपनाइरहेको बताए । साइकललाई नै काठ बोक्न मिल्ने गरी परिमार्जन गरेर प्रयोग गरेको फेला पर्नु तस्करीको बदलिँदो शैलीको स्पष्ट संकेत भएको उनले बताए । त्यस्ताहरुलाई पहिचान गरेर आवश्यक कानुनी कारवाही गरिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।