रौतहट, २२ साउन । रौतहटको यमुनामाई गाउँपालिकाबाट बेपत्ता भएका ६ वर्षीय बालक नहरमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा हिजो दिउँसो ३ः३० बजेको समयमा यमुनामाई गाउँपालिका–५ का सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम घरबाट एक किलोमिटर पश्चिम सडकछेउको कल्भर्ट तर्फ साथीहरूसँग खेल्न गएका थिए । साँझ अन्य साथीहरू घर फर्किए पनि खुसी आलम घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।
बालक फेला नपरेपछि मियाले सोही दिन साँझ ७ः३० बजेको समयमा अस्थायी प्रहरी पोस्ट बमनहरमा जानकारी गराएको थियो । त्यसलगत्तै प्रहरी सहायक निरीक्षक सञ्जीप सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरी खोजतलास गरियो तर राति भएको हुँदा खोजतलास गर्न निकै कठिनाई भएपछि आज विहानै देखि खोजी कार्य गरियो ।
खोजीका क्रममा आज शुक्रवार विहान ९ः५५ बजेको समयमा यमुनामाई–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ रहेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले बताए ।
मृत फेला परेका बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याएको तथा यस विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको डिएसपी गौतमले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन