एआईको सहयोगमा तयार पारिएको साँकेतिक तस्वीर ।
रौतहट, २२ साउन । नेपालको सुरक्षा निकायले पछिल्ला समयमा गरिएको खोजतलास एवं छानविनको क्रममा ५२६ जना रोहिंग्या शरणार्थीहरु नेपालमा रहेको तथ्य बाहिरिएका छन् ।
सार्वजनिक भएका मिडिया रिपोर्टका अनुसार, दक्षिणी सीमानाकाहरु बाट विभिन्न समयमा प्रवेश गरेर उनीहरु काठमाडौंको कपन र ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएको तथ्य सार्वजनिक भएका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेले मिडियालाई दिएका जानकारी अनुसार नेपालमा रहेका रोहिंग्या मध्ये १६२ पुरुष, १४८ महिला र २१६ जना बालबालिका रहेको छ ।
यसअघि नेपाल प्रहरीका प्रमुख आइजीपी आईजीपी दानबहादुर कार्कीले पनि नेपालमा रोहिंग्या सहित अन्य शरणार्थी समूह प्रवेश गरेको विषय सार्वजनिक रूपमा उल्लेख गरेका थिए ।
भविष्यमा यस्ता अबैध रुपमा प्रवेश गरेका शरणार्थीका आडमा व्यक्तिहरूको अवैध प्रवेश रोक्न दक्षिणी सीमा नाकाहरूमा सुरक्षा निगरानी सक्रिय बनाउदै थप कडा पारिएको छ । सीमा क्षेत्रमा गस्ती, निगरानी तथा सूचना संकलनलाई प्रभावकारी बनाइएको उनको भनाइ छ ।
नेपाल प्रहरीले राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा मानवीय संवेदनशीलतालाई सन्तुलनमा राख्दै शरणार्थी सम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको जनाए ।
स्मरण रहोस कि, पछिल्लो समयमा मधेश सहित मुलुकको विभिन्न भागमा यस्ता शरणार्थीहरुको उपस्थितिबाट उत्पन्न भएको असहज परिस्थितिलाई मध्यनजर राख्दै रोहिंग्या लगायतका विभिन्न शरणार्थीहरुलाई उनीहरुकै मुलुकमा फिर्ता गराएर नेपालमा शान्ति एवं अमनचैयन कायम गराउने तर्फ राज्यको ध्यानाकर्षण हुनुपर्ने विज्ञहरुको राय रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन