एआई प्रविधिबाट तयार पारिएको साँकेतिक तस्वीर ।
सर्लाही, २३ साउन । भारतको पञ्जाबबाट रोजगारी सकेर घर फर्किँदै गरेका सर्लाहीका एक युवकको भारतको बिहार मोतिहारी जिल्लाको ढाकामा अटो दुर्घटनामा परेर दुखद निधन भएको छ ।
धनकौल गाउँपालिका–४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको ढाका क्षेत्रमा शनिवार ,विहान ५ बजेको समयमा भएको अटो दुर्घटनामा दुखद निधन भएको भएको हो ।
उनी पञ्जाबबाट काम सकेर नेपाल फर्किने क्रममा अटो दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा अजय रामको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटना परेर उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझी घाइते भएका हुन् ।
घाइतेहरूको ढाका स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । निधन भएका युवक अजयको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको जनाइएको छ ।
घटनाबारे नेपाली कांग्रेसका नेता तथा समाजसेवी दिपेश राय यादवले जानकारी दिदै दुःख व्यक्त गरे । उनले मृतक परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन, दुर्घटनाको निष्पक्ष छानबिन गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकाय सँग माग उठाएको छ ।
यादवले घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउन र मृतकको शव नेपाल ल्याउने प्रक्रिया सहज बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराए ।
भारतमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्किने क्रममा भएको यस दुःखद दुर्घटनाले धनकौल गाउँपालिका–४ शोकमा डुबेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन