बेगुसराय (बिहार) । भारत बिहार राज्यको बेगुसराय स्थित मंझौल अनुमण्डलीय सरकारी अस्पतालमा सडक दुर्घटनामा घाइते भएका एक युवकको भाँचिएको खुट्टामा प्लास्टरको सट्टा औषधिको कार्टन प्रयोग गरेर ब्यान्डेज गरी रेफर गरिएको घटना सार्वजनिक भएको छ ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विहार राज्यको सरकारी स्वास्थ्य सेवाको पोल खोल्दै मानव जीवन संग भईरहेको खेलवाड माथि गम्भीर प्रश्न उठेको हो ।
दुर्घटनामा घाइते युवकलाई अस्पताल पुर्याएपछि खुट्टालाई दुईतर्फ कार्टन राखेर ब्यान्डेज गरिएको देखिन्छ । त्यसपछि उनलाई थप उपचारका लागि ठूलो अस्पतालमा रेफर गरिएको सामाजिक संजालमा उल्लेख गरिएको छ ।
उक्त घटनालाई हेर्नेहरुद्धारा गरिएको चर्को आलोचना बढेपछि सम्बन्धित निकायका अधिकारीहरूले घटनाको छानबिन अघि बढाएका छन् र दोषी पाइए कारबाही गर्ने जनाइएको छ ।
यस घटनाले करोडौँ रुपैयाँको लागतमा निर्माण गरिएका सरकारी अस्पतालको दुराव्यवस्था तथा त्यहाँ आकस्मिक तथा फ्र्याक्चर उपचारको पर्याप्त व्यवस्थाको समेत पोल खोलिदिएको छ भने स्वास्थ्य सेवा र व्यवस्थापन माथि गहिरो प्रश्न उठाएको छ ।
समाचार श्रोत सामाजिक संजालबाट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन