लता मंगेशकर कोरोना संक्रमित भई अस्पताल भर्ना

   २७ पुष २०७८, मंगलवार २०:१३  

रौतहट, २७ पुस । भारतको मसहुर वरिष्ठ गायिकका लता मंगेशकर कोरोना भाईरसबाट संक्रमित भई अस्पताल भर्ना भएकी छिन् ।
मुम्बईको क्वाण्डी अस्पतालको आईसियुमा उपचाररत लता मंगेशकरलाई कोरानोको सामान्य लक्षण देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका हुन् । चिकित्सकहरुको निगरानीमा ९२ बर्षिय मंगेशकरको उपचार भईरहेको बताइएको छ ।
लता अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् । सात दशकको सांगीतिक यात्रामा उनले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै